बागमती प्रदेश खेलकुद विकास समितिले धादिङ सहित ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो ।
सत्तारुढ माओवादी केन्द्रलाई चारवटा र नेकपा (एस)लाई दुईवटा जिल्ला भागबन्डा गरी अध्यक्ष नियुक्त गरिएको छ । बाँकी ७ वटा जिल्ला अब बन्ने कांग्रेस–एमाले नेतृत्वको सरकारलाई नियुक्तिका लागि छोडिएको बिशेष स्रोतले बताएको छ ।
यसैबिच धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको प्रताप सिंह तामाङ नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास समितिले तामाङलाई तेस्रो पटकको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
वि.स.२०७६ सालदेखी धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङ निरन्तर रहदै आएका छन् ।