शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोट एफएमले ७० जना बालबालिकालाई शङ्खवाद्य तालिम दिने

नुवाकोट एफएमले ७० जना बालबालिकालाई शङ्खवाद्य तालिम दिने

नागरिक पाटी

२६, आषाढ २०८१
  • 3.3K
    SHARES
  • नुवाकोट एफएमले ७० जना बालबालिकालाई शङ्खवाद्य तालिम दिने

     

    images
    images

    नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।

    एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए । विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।

    नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना गरेको थियो । नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १९:०९:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology