मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

रिलायन्स स्पिनिङ मिलको आइपीओ रोक्ने धितोपत्र बोर्डको निर्णय

रिलायन्स स्पिनिङ मिलको आइपीओ रोक्ने धितोपत्र बोर्डको निर्णय

नागरिक पाटी

२६, आषाढ २०८१
  • 3.3K
    SHARES
  • रिलायन्स स्पिनिङ मिलको आइपीओ रोक्ने धितोपत्र बोर्डको निर्णय

    नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिलको आईपीओ बुक विल्डिङ प्रणालीमार्फत ल्याउने योजना हाललाई स्थिगित गर्ने भएको छ । नियमन विभागको विभागिय बैठकले अर्को सूचना नआएसम्म कम्पनी आइपीओ रोक्ने निर्णय गरेको हो ।

    images

    कम्पनीलाई आइपीओ निष्कासन अनुमित दिँदा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठे पछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो ।

    रिलायन्सले यसअघि बुक विल्डिङ प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गरिसकेको थियो। तर, सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि तयार पारिएको वित्तीय विवरणमा प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानीमा ठूलो अन्तर देखिएपछि लेखा समितिले बोर्डलाई एक हप्ताभित्र स्पष्टता माग गरेको थियो।

    लेखा समितिले वित्तीय विवरणमा म्यानुपुलेशन भएको आरोप लगाउँदै जबाफ माग गरेको थियो। रिलायन्सको आईपीओ लामो समयदेखि विद्युत महशुल बक्यौता विवादका कारण रोकिएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १९:३१:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology