देशभर मनसुन सक्रिय रहेकोले धादिङ सहित देशका धरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ ।
आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले पर्सि शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।
पर्सि बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।