शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसद्धारा बागमतीका मुख्यमन्त्रीको राजीनामा माग

कांग्रेसद्धारा बागमतीका मुख्यमन्त्रीको राजीनामा माग

  • 3.4K
    SHARES
  • कांग्रेसद्धारा बागमतीका मुख्यमन्त्रीको राजीनामा माग

    नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेको छ । जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको र कामचलाउ अवस्थामा पुगेको कांग्रेसले जनाएको छ । बागमती प्रदेश सभाको पहिलो दल कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर मुख्यमन्त्री जम्कट्टेलको राजीनामा माग गरेको हो ।

    images
    images

    नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको र समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कामचलाउ सरकारले महत्वपूर्ण निर्णय गर्न उपयुक्त नहुने लामाले विज्ञप्तिमा लेखेका छन् । राजनीतिलाई सहज रुपमा अघि बढाउन र सहमतीय सरकार गठन गर्न मार्ग प्रशस्त गरिदिन कांग्रेसले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - १७:०५:१६ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology