शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साहित्यकार सृजना अर्याल सम्मानित

साहित्यकार सृजना अर्याल सम्मानित

शिवराज आचार्य

२९, आषाढ २०८१
  • 5.7K
    SHARES
  • साहित्यकार सृजना अर्याल सम्मानित

    काठमाण्डौं । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ।

    images
    images

    शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित भएका हुन। संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो।

    प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका बरिस्ट उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरियो। कार्यक्रममा गीता अधिकारीलाई नगद ५१०० सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।

    अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भए। कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडालाई रास्ट्रीय कलाकारिता सम्मान प्रदान गरियो। कार्यक्रममा साहित्यकार सृजना अर्याल,समाजसेवी तथा कवि शोबित उप्रेती,गायक हिमाल श्रेष्ठ,कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई सम्मानित गरियो।

    साहित्यकार सृजना अर्यालको आधुनिक गीत आशाको दियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०८१ शनिवार - १३:३३:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology