शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उच्च जोखिम रहेका जिल्लामा रात्रिकालीन सवारी नचलाउँन आग्रह

उच्च जोखिम रहेका जिल्लामा रात्रिकालीन सवारी नचलाउँन आग्रह

नागरिक पाटी

३०, आषाढ २०८१
  • 10.1K
    SHARES
  • उच्च जोखिम रहेका जिल्लामा रात्रिकालीन सवारी नचलाउँन आग्रह

    असार ३०, काठमाडौँ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको छ । यो निर्णयसँगै बाढीपहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएका क्षेत्रहरूमा रातिको समयमा सवारी चलाउन पाइने छैन ।

    images
    images

    सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार बसेको मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको बैठकले सो निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका पदाधिकारी र यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेतको सहभागितामा बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयले बर्खायामभरि रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो ।

    गृह प्रवक्ता भट्टराईले भन्नुभयो, “जल तथा मौसम विज्ञान विभागले प्रकाशित गर्ने रातो सङ्केतसहितको जिल्ला तथा क्षेत्रहरूमा जोखिम देखिएको अवस्थामा स्थानीय प्रशासनले रात्रिकालीन सवारीसाधन नचलाउन निर्देशन दिन सक्ने निर्णय बैठकले गरेको हो ।” उहाँका अनुसार यसका लागि निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइएको छ । त्यसै गरी देशभर विप‌त्मा परेका नागरिकको खोज, उद्धार तथा राहतका कार्यमा समन्वय गर्न गृह मन्त्रालयमा गठित कमान्ड पोस्ट चौबिसै घण्टा व्रिmयाशील रहेको उहाँले जानकारी दिनुभयो । गोरखपत्र दैनिकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - ०८:११:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology