शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

  • 3.1K
    SHARES
  • आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। आज बिहान देशभरको मौसम साधारणतया बदली छ। जसका कारण मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा कोसी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०७:५२:३२ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology