मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से एकैदिन ७० अंकले बढ्यो, ९ अर्बको कारोबार

नेप्से एकैदिन ७० अंकले बढ्यो, ९ अर्बको कारोबार

नागरिक पाटी

१, श्रावण २०८१
  • 3.3K
    SHARES
  • नेप्से एकैदिन ७० अंकले बढ्यो, ९ अर्बको कारोबार

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आर्थिक वर्ष २०८१/०८२ को पहिलो दिन (मंगलबार) ७० अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा बन्द भएको छ ।

    images

    नयाँ सरकार गठन भएको दोस्रो दिन नै नेप्से परिसूचक उच्च अंकले बढेको छ भने ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यसअघि माघ ३ गते ९ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार नयाँ सरकार गठन भएको दिन नेप्से १७.१८ अंकले घटेको थियो ।

    त्यसअघिका दिनमा बजार निरन्तर बढेकाले सोमबार बजारमा करेक्सन भएको लगानीकर्ता बताउँछन् । आज नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार आठ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने आठ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज अधिकांश ऋणपत्रका मूल्य घटेको छ ।

    कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक ५.४५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - १५:४४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology