शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय ६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ ।