आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पोलियो मुक्त घोषणा भएको नेपालमा १० वर्षपछि पोलियो भाइरस भेटियो

पोलियो मुक्त घोषणा भएको नेपालमा १० वर्षपछि पोलियो भाइरस भेटियो

  • 3.9K
    SHARES
  • पोलियो मुक्त घोषणा भएको नेपालमा १० वर्षपछि पोलियो भाइरस भेटियो

    पोलियो मुक्त घोषणा भएको नेपालमा १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो ।

    images

    नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ ।

    पोलियो जीवाणु भेटिएसँगै काठमाण्डौ उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । आउँदो ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउने दिइने डा. गौतमले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - ०८:०४:३७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology