शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दोलखा भिमेश्वरको शिलामा पसिना

दोलखा भिमेश्वरको शिलामा पसिना

नागरिक पाटी

५, श्रावण २०८१
  • 5.0K
    SHARES
  • दोलखा भिमेश्वरको शिलामा पसिना

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दीरको शिलामा पसिना आएको छ । भीमेश्वर मन्दिरको शीलामा आज दिउँसो १ः४७ बाट पसिना आएको भीमेश्वर पुजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

    images
    images

    शिलाको बाँयातर्फबाट पसिना आएको श्रेष्ठले बताए । उनको अनुसार पसिना आउने क्रम अझै जारी छ । भीमेश्वरको शीलामा वायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने जनविश्वास रहीआएको छ ।

    भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ ।

    पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो सँख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका छन् । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ ।

    भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनबिस्वास छ ।

    यसअघि २०७८ साल बैशाख २५ गते पनि भीमेस्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको थियो । त्यतिबेला भीमसेनको शिलाको दाँयाबाट पसिना आएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०८१ शनिवार - १६:३६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology