आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने

नागरिक पाटी

६, श्रावण २०८१
  • 2.5K
    SHARES
  • बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिने भएका छन् । आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले राजीनामा दिन सुझाएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

    images

    माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले संसदीय दलले दिएको सुझावलाई मुख्यमन्त्री जमकट्टेलले कार्यान्वयन गर्ने बताए । यसअघि जम्कट्टेलले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए ।

    २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । तर, साढे २ महिनामै एमाले सरकारबाट बाहिरिएपछि जमकट्टेल नेतृत्वको सरकार ढलेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १४:२३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology