नेपाली काङ्ग्रेस संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रस्ताव गर्ने भएको छ । आज बसेको दलको बैठकले नेता लामालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यो सँगै मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको इच्छा पुरा नहुने भएको छ । उनले दलको नेता बाहेकले पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहेको जिकिर गर्दै आएका थिए ।
तर, संसदीय दलको बैठकले दलको नेता लामालाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।