मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से २४८५ विन्दुमा पुग्यो, १५ अर्ब २३ करोडको कारोबार

नेप्से २४८५ विन्दुमा पुग्यो, १५ अर्ब २३ करोडको कारोबार

नागरिक पाटी

६, श्रावण २०८१
  • 2.5K
    SHARES
  • नेप्से २४८५ विन्दुमा पुग्यो, १५ अर्ब २३ करोडको कारोबार

    आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा उक्लिएको छ । आइतबार कारोबार रकम भने बिहिबारको तुलनामा केही घटेको छ। बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रूपैयाँको कारोबार भयो ।

    images

    आइतबार ३१५ वटा धितोपत्रको चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच भयो । ती मध्य १८१ कम्पनीको सेयर मूल्य बढ्यो भने, ५६ वटाको घट्यो । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    आइतबार चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढ्यो ।

    युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने हिमालयन बैंकको सेयर मूल्य ९.९९ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९.९८ प्रतिशत बढ्यो ।

    सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। आइतबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३८ रूपैयाँमा ३० करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १६:१०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology