आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान

बागमती प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान

नागरिक पाटी

६, श्रावण २०८१
  • 4.4K
    SHARES
  • बागमती प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान

    मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही साउन ८ गते बेलुका ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

    images

    उनले नेपालको संविधानको धारा १६८ ९२० अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । उनले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।


    गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गरेका थिए ।

    उनको राजीनामालाई स्वीकृती प्रदान गरेलगतै प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १८:४१:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology