मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार आज सामान्य अङ्कले बढ्यो

शेयर बजार आज सामान्य अङ्कले बढ्यो

नागरिक पाटी

७, श्रावण २०८१
  • 2.8K
    SHARES
  • शेयर बजार आज सामान्य अङ्कले बढ्यो

    काठमाण्डौं । केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

    images

    आज तीन पटकसम्म २५ सय विन्दु छोएको नेप्से बन्द हुँदा २४ सय ८८ विन्दुमा रोकियो । कारोबार खुलेको २ मिनेटमा, ११ बजेर २२ मिनेटमा र २ बजेर २५ मिनेटमा नेप्से २५ सय विन्दुमा पुगेको थियो ।

    आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

    आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

    आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १६:५१:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology