आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीको मुख्यमन्त्री पदमा दाबी पेश गर्दै लामा

बागमतीको मुख्यमन्त्री पदमा दाबी पेश गर्दै लामा

नागरिक पाटी

८, श्रावण २०८१
  • 4.3K
    SHARES
  • बागमतीको मुख्यमन्त्री पदमा दाबी पेश गर्दै लामा

    मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले आज मुख्यमन्त्री पदको लागि दाबी पेश गर्ने भएका छन् ।

    images

    लामाले नेकपा एमालेको समर्थनमा मंगलबार बिहान ११ बजे मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका हुन् ।

    यसअघि सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भनिएपनि नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अकस्मात काठमाडौं जानुपरेकोले मुख्यमन्त्रीको दाबी पेश गर्ने समय एक दिन पछि सरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्द प्रसाद लम्सालले जानकारी दिए ।

    एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार पदबाट राजीनामा दिएका थिए ।

    जम्कट्टेलको राजीनामालाई स्वीकृत प्रदान गरेसँगै प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार नै साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

    लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । उनलाई प्रदेश प्रमुख शर्माले आजै मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०९:१९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology