आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशमा एक वर्षमा ३ सय १५ जनाको सवारी दुर्घटनामा परी मृत्यु

बागमती प्रदेशमा एक वर्षमा ३ सय १५ जनाको सवारी दुर्घटनामा परी मृत्यु

नागरिक पाटी

८, श्रावण २०८१
  • 4.0K
    SHARES
  • बागमती प्रदेशमा एक वर्षमा ३ सय १५ जनाको सवारी दुर्घटनामा परी मृत्यु

    श्रावण ०८,काठमाण्डौं । आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् ।

    images

    उपत्यकाका तीन जिल्लाबाहेक बाग्मतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई गाडीका चालकलाई कारबाही गरी १७ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

    पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी क्यामेरा र राडार गनबाट गाडीको गति निगरानी गरेर ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिनुभयो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १२:३५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology