सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ७५ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार ७५ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

नागरिक पाटी

८, श्रावण २०८१
  • 2.9K
    SHARES
  • शेयर बजार ७५ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
    images

    शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ ।

    images

    नेप्से परिसूचक २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि २०७८ साल चैत १७ गते झन्डै २४ अङ्कले घटेर दुई हजार पाँच सय ४४ विन्दुमा झरेको नेप्से परिसूचक त्यसयता ओरालो लाग्दै आएको थियो ।

    आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, होटल, व्यापार, विकास बैंक, जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ र साहस ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै ६ प्रतिशतले घटेको छ ।

    आज तीन सय १७ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १५:४१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology