चितवनमा कयर खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाउँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङ रहेका छन् ।
बिहीवार साँझ ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका उनको आज बिहान ६ः२० बजेको समयमा शव फेला परेको हो । खोलाले बगाएको ठाउँबाट करिब डेढ किलोमिटर तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।