शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

नागरिकपाटी न्युज डेक्स

११, श्रावण २०८१
  • 2.9K
    SHARES
  • आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

    आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार बिहान १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ ।

    images
    images

    त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ । सार्वजनिक लेखा समितिको बैठक पनि आज ११ बजे बस्दै छ । बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

    दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - ०८:३३:३४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology