सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजोे तोलाको एक लाख ४५ हजार रुपैयाँ रहेको सुन आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा झरेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।