शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

नागरिकपाटी न्युज डेक्स

१२, श्रावण २०८१
  • 3.0K
    SHARES
  • बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

    बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरूले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    images
    images

    मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई मन्त्रीमा नियुक्त गरेका थिए । महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र खड्गीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै, गत बुधबार नियुक्त भएका कुन्दनराज काफ्ले र श्यामबहादुर खड्काले पनि जिम्मेवारी पाएका छन् । काफ्लेले आर्थिक मामिला तथा योजना र खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री मदुकुमार श्रेष्ठलाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।

    बागमतीमा कूल १३ वटा मन्त्राय भएपनि १४ जना मन्त्री बनाइँदा मन्त्री श्रेष्ठ विनाविभागीय बन्न पुगेका हुन् । यसअघि प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्रालय तोकिएको थियो । कांग्रेसले बागमतीमा महिलालाई निधेष गरेको भनी आलोचना भएपछि तामाङलाई हटाएर खड्गीलाई मन्त्री बनाइएको छ । यद्यपी बागमती सरकारमा दलितको प्रतिनिधित्व भने शून्य नै रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८१ शनिवार - १३:४०:०५ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology