शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ सार्वजनिक

धादिङका कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ सार्वजनिक

शिवराज आचार्य

१३, श्रावण २०८१
  • 4.0K
    SHARES
  • धादिङका कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ सार्वजनिक

    धादिङ । कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा आएको छ । नारायण प्रसाद दङ्गालको सङ्गीत तथा सृजना अर्यालको शब्द रचना रहेको उक्त गीतमा बहुचर्चित गायिका रचना रिमाल तथा लोकप्रिय गायक अलिफ खानको आवाज रहेको छ।

    images
    images

    त्यसैगरी जानकी कुँवर, श्रीजल अधिकारी र सृजना अर्यालको अभिनय रहेको उक्त गीत भिडियोसहित साउन १२ गते शनिबार सृजना अर्यालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो भने म्युजिक प्लस स्टुडियोबाट गीतको अडियो र प्रिन्सेस फिल्मसले भिडियो तयार गरेको हो ।

    साहित्यकार अर्यालको यसअघि पनि ‘आशाको दियो’ र ‘गुलाबी मन’ नामका गीत तथा गजल बजारमा आइसकेका छन् भने केही आउने क्रममा छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - ०९:२३:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology