मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजार कारोबारमा यसअघिको ‘रेकर्ड ब्रेक’

सेयर बजार कारोबारमा यसअघिको ‘रेकर्ड ब्रेक’

नागरिक पाटी

१६, श्रावण २०८१
  • 4.1K
    SHARES
  • सेयर बजार कारोबारमा यसअघिको ‘रेकर्ड ब्रेक’

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ।

    images

    आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ। नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेप्सेका अनुसार फाइनान्स समू्हको परिसूचक ८.०८ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ।

    यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ। ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ। २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

    हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ। यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - १७:१०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology