आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

नागरिक पाटी

१७, श्रावण २०८१
  • 4.6K
    SHARES
  • नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

    काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

    images

    संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका थिए ।

    उनीहरूले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - ०८:४४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology