सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा सामान्य करेक्सन, २१ अर्ब माथिको कारोबार

नेप्सेमा सामान्य करेक्सन, २१ अर्ब माथिको कारोबार

नागरिक पाटी

१७, श्रावण २०८१
  • 3.3K
    SHARES
  • नेप्सेमा सामान्य करेक्सन, २१ अर्ब माथिको कारोबार
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आज नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.२९ बिन्दुमा बजार बन्द भयो ।

    images

    आज शेयर बजारले २८ सय बिन्दुको आकडा पार गरेको थियो । उतारचढावका बीच दिउँसो १२:३१ मा २८०० बिन्दुभन्दा माथि पुगेको शेयर बजार दिउँसो १२:३९ मा २८०५:७१ बिन्दुमा पुगेको थियो । त्यसपछि उतारचढावका बीच घट्दै गएको नेप्से कारोबार समय ८ मिनेट मात्र बाँकी रहँदा केही अंकले बढेर बजार बन्द भएको हो ।

    नेप्सेमा करेक्सन देखिए पनि आज पनि शेयर बजारमा उच्च रकमको कारोबार भएको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको हो । यो कारोबार हालसम्मकै उच्च हो ।

    आजको कारोबार हालसम्मकै उच्च कारोबारमा दोस्रो हो । यसअघि २०७८ साउन ३१ गते आइतबार नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - १५:३८:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology