शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

नागरिकपाटी न्युज डेक्स

२१, श्रावण २०८१
  • 2.5K
    SHARES
  • चितवनमा मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

    चितवनको नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । बाघले हिजो बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो ।

    images
    images

    निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो ।नारायणगढको मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी डाक्टर डा.विजयकुमार श्रेष्ठले जानकारी दिए । आईतबार दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि बेलुकी अबेर मात्रै बाघलाई बेहोस बनाउने सुई हानेर अर्थात डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

    बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - ०८:०८:०८ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology