आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

नागरिक पाटी

२१, श्रावण २०८१
  • 2.3K
    SHARES
  • सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

    सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन्। आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपरान्ह ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

    images

    सुदूरपश्चिममा आजै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी छ। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको स्रोतले बतायो।

    स्रोतका अनुसार कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा पनि टुङ्गो लागिसकेको छ। सात सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिनेगरी भागबन्डा टुङ्गिसकेको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १०:१५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology