मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से उच्च अंकले बढ्यो

नेप्से उच्च अंकले बढ्यो

नागरिक पाटी

२३, श्रावण २०८१
  • 1.8K
    SHARES
  • नेप्से उच्च अंकले बढ्यो

    हिजो मंगलबार उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज भने बढेको छ। आज नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ। यो वृद्धि ४.०८ प्रतिशत हो। आज दिनभर ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँमा किनबेच भएको छ। नेप्सेमा सूचीकृत २४२ वटा कम्पनीमध्ये २३९ वटाको सेयर मूल्य बढेको छ भने तीन वटाको मात्र घटेको छ।

    images

    आज ९ वटा कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भयो।

    केही समययता उच्च अंकले बढिरहेको सेयर बजार हिजो भने १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको थियो।

    नेप्से घटे पनि कारोबार रकम भने बढेको थियो। हिजो बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १५:१६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology