शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

नागरिकपाटी न्युज डेक्स

२५, श्रावण २०८१
  • 2.6K
    SHARES
  • संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    images
    images

    कानुन, न्याय तथा मानव अधिकार समितिमा बालसुधार गृहमा रहेका बालबालिका र कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थामा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयलृे जनाएको छ । 

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०७:४८:२३ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology