शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता

दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता

नागरिकपाटी न्युज डेक्स

२५, श्रावण २०८१
  • 2.9K
    SHARES
  • दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता

    दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ। बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको हो ।राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फा सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए।

    images
    images

    यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो। नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो। युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो।

    एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो। अब, २९ साउनमा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०८:१४:१७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology