आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनु हुने

मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनु हुने

नागरिक पाटी

२८, श्रावण २०८१
  • 2.5K
    SHARES
  • मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनु हुने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ । सो दिन विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए ।

    images

    नेपाली कांग्रेसका शाह नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

    सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहनू भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १३:५५:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology