आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशभर ५० जनामा हैजा पुष्टि

देशभर ५० जनामा हैजा पुष्टि

नागरिक पाटी

२९, श्रावण २०८१
  • 2.8K
    SHARES
  • देशभर ५० जनामा हैजा पुष्टि

    काठमाडौँ। साउन यता चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ललितपुर, काठमाडौँ, प्युठान र कैलाली गरी चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको हो ।

    images

    सङ्क्रमितमध्ये सबैभन्दा बढी ललितपुरमा छन् । ललितपुरमा ३८, काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिरामीमध्ये तीन जना अस्पतालमा उपचाररत छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली पहिचान गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भएको मन्त्रालयले जनाएको छ ।

    प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयनमा काम भइरहेको, ललितपुरमा र काठमाडौँमा समुदायका सदस्यहरूलाई हातको सरसफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान, केन्द्र, प्रदेश तथा स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन भएको, नियमित केस अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रूपमा निगरानी भई रहेको छ ।

    जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको ।

    एउटै टोलबाट एक हप्ता भित्रमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १९:४५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology