आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

नागरिकपाटी डेक्स

३२, श्रावण २०८१
  • 2.8K
    SHARES
  • पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

    images


    निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५२ रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५४ रूपैयाँ पर्नेछ ।

    यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ कायम भएको निगमले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - ०८:१५:५६ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology