आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

एक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

नागरिक पाटी

२, भाद्र २०८१
  • 3.8K
    SHARES
  • एक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    काठमाण्डौ । गएको आर्थिक वर्ष २०८०/८१ मा झन्डै साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।

    रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ । गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ ।

    यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने चार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १४:५४:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology