मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार साढे ३४ अङ्कले घट्यो

शेयर बजार साढे ३४ अङ्कले घट्यो

नागरिक पाटी

२, भाद्र २०८१
  • 3.9K
    SHARES
  • शेयर बजार साढे ३४ अङ्कले घट्यो

    काठमाण्डाै। हप्ताको पहिलो दिन शेयर बजार साढे ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ ।

    images

    आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको ८२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १५:२८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology