धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा २ दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको छ ।
बेनीघाट रोराङ गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा भाद्र १ गते शनिबारबाट शुरु भएको तालिमको हिजो आईतबार समापन भएको हो ।
गाउँपालिका स्तरीय परीक्षा समिति र विषयगत समितिको प्रस्तुती सहित विद्यालयका प्रध्यानाध्यापकहरुले सिकाइ सुधारका लागि मेरो कार्ययोजना शीर्षकमा डिजिटल प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा गाउँपालिका र प्रधानाध्यापक बीच ५९ बुँदे कार्यसम्पादन करार सम्झौता, सिकाइ सुधारका लागि प्रधानाध्यापकहरुले २१ बुँदे साझा प्रतिबद्धता र विद्यालयहरुबाट प्रस्तुत असल अभ्यास,कार्ययोजनाको संकलन,महत्वपूर्ण र अनुसरणयोग्य प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक), उप
प्रमुख टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, वडाअध्यक्षहरु, शिक्षा समितिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु, परीक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संघसंगठनका प्रमुखहरु र सबै विद्यालयका प्रध्यानाध्यापकहरु सहित गोष्ठीमा १२४ जनाको सहभागिता रहेको
उक्त गोष्ठीले ‶Non–graded नतिजा शुन्यमा झारौं– सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौं” भन्ने साझा अवधारणा तय गरेको छ ।
साथै गोष्ठीमा शिक्षा सुधारका लागि सहयोगी संस्था प्रयास नेपाल, धादिङको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका केही तस्बिरहरु :



