शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालसहित ३५ देशलाई श्रीलंका जान भिसा नलाग्ने

नेपालसहित ३५ देशलाई श्रीलंका जान भिसा नलाग्ने

नागरिक पाटी

६, भाद्र २०८१
  • 4.9K
    SHARES
  • नेपालसहित ३५ देशलाई श्रीलंका जान भिसा नलाग्ने

    काठमाडौं । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको छ ।

    images
    images

    बुधबार मन्त्रिपरिषद्को बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि लागु हुने गरी नेपाल, भारत, चीन, अमेरिकासहित ३५ मुलुकका नागरिकलाई बिना भिसा श्रीलंका प्रवेश गर्न दिन निर्णय गरेको हो ।

    श्रीलंका मिररका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेकी छन् । एक्समा श्रीलंकाका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएकी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०७:१४:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology