मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

२ दिन उच्च अङ्कले घटेकाे नेप्से आज सामान्य बढ्यो

२ दिन उच्च अङ्कले घटेकाे नेप्से आज सामान्य बढ्यो

नागरिक पाटी

१२, भाद्र २०८१
  • 3.8K
    SHARES
  • २ दिन उच्च अङ्कले घटेकाे नेप्से आज सामान्य बढ्यो

    काठमाण्डाै । गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ ।

    images

    नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर बजार बन्द हुने बेलामा निके तल झरेर दुई हजार सात सय ८६ विन्दुमा आइपुग्याे ।

    आज विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    बजार समान्य बढेको दिन कर्णाली विकास बैंकको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम भने निकै घटेको छ । हिजो १८ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय २६ वटा कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १८:१४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology