मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजारमा ३६.८३ अंकको गिरावट

शेयर बजारमा ३६.८३ अंकको गिरावट

नागरिक पाटी

१३, भाद्र २०८१
  • 3.6K
    SHARES
  • शेयर बजारमा ३६.८३ अंकको गिरावट

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ३६.८३ अंकले घटेर दुई हजार ७ सय ४९ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।

    images

    नेप्सेमा आज १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिहीबारको कारोबारकुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०३१.७० रुपैयाँ पुगेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४४१.४० रुपैयाँ पुगेको छ ।

    थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । गुडवील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १५:१८:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology