आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशसभाको विषयगत समितिबाट २ वटा विधेयक पारित

बागमती प्रदेशसभाको विषयगत समितिबाट २ वटा विधेयक पारित

नागरिक पाटी

१४, भाद्र २०८१
  • 3.3K
    SHARES
  • बागमती प्रदेशसभाको विषयगत समितिबाट २ वटा विधेयक पारित

    बागमती प्रदेशसभाको विषयगत समितिबाट २ विधेयक पारित भएको छ । शुक्रबार बसेको २ विषयगत समितिको बैठकले २ वटा विधेयकलाई अन्तिम रूप दिएर पारित गरेको हो ।

    images

    शुक्रबार बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयक पारित गरेको हो भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

    शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले गत २०८० भदौ १२ गतेदेखि संसदीय समितिमा विचाराधीन रहेको कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल सहित संशोधन प्रस्तावको निर्णय गरेर प्रतिवेदन पारित गरेको समितिकी सचिव हिमा न्यौपानेले जानकारी दिइन् ।

    उनका अनुसार सो विधेयकमाथि विभिन्न चरणमा छलफल गरी संशोधन सहित प्रतिवेदन पारित गरिएको हो । उक्त विधेयक माथि प्रदेशसभाका ३ सदस्यहरूले १० बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको उनले बताइन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १८:३०:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology