मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार सामान्य बढ्यो, साढे १३ अर्ब रुपैयाँको कारोबार

शेयर बजार सामान्य बढ्यो, साढे १३ अर्ब रुपैयाँको कारोबार

नागरिक पाटी

१८, भाद्र २०८१
  • 2.8K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो, साढे १३ अर्ब रुपैयाँको कारोबार

    काठमाण्डौ । हिजो एक सय २७ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । दिनभरको उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से ६ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ ।

    images

    आज विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज तीन सय २८ वटा कम्पनीका तीन करोड पाँच लाख कित्ता शेयर १३ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - १७:२५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology