सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार

नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार

नागरिक पाटी

१९, भाद्र २०८१
  • 2.4K
    SHARES
  • नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार
    images

    काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।

    images

    बुधबारको कारोबारमा बजार ९०.७३ अंकको गिरावट आएको हो । योसँगै बजार मापक २७३९.४६ विन्दुमा कायम छ । साताको पहिलो कारोबार दिनमा ५३ अंकले घटेको बजार दोस्रो कारोबार दिनमा भने १२७ अंकले बढेको थियो । यस्तै, मंगलबार बजार ६ अंकले बढेको थियो ।

    उच्च अंकले बजार घट्दा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २१३ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त तथा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यस दिन १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिद–बिक्री भएको छ । ९० अंकले बजार घट्दा सम्पूर्ण उपसूचक समूह राताम्मे देखिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १६:१५:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology