मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार

नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार

नागरिक पाटी

१९, भाद्र २०८१
  • 2.3K
    SHARES
  • नेप्से ९० अंकले घट्यो, १२ अर्ब ९२ करोड भन्दाबढिको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।

    images

    बुधबारको कारोबारमा बजार ९०.७३ अंकको गिरावट आएको हो । योसँगै बजार मापक २७३९.४६ विन्दुमा कायम छ । साताको पहिलो कारोबार दिनमा ५३ अंकले घटेको बजार दोस्रो कारोबार दिनमा भने १२७ अंकले बढेको थियो । यस्तै, मंगलबार बजार ६ अंकले बढेको थियो ।

    उच्च अंकले बजार घट्दा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २१३ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त तथा इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यस दिन १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बराबरको दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर एक लाख ३७ हजार १६३ पटकमा खरिद–बिक्री भएको छ । ९० अंकले बजार घट्दा सम्पूर्ण उपसूचक समूह राताम्मे देखिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १६:१५:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology