मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार

शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार

नागरिक पाटी

२०, भाद्र २०८१
  • 3.7K
    SHARES
  • शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार

    काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।

    images

    आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर बने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १६ वटा कम्पनीका दुई करोड एक लाख कित्ता शेयर नौ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १६:४९:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology