सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार

शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार

नागरिक पाटी

२०, भाद्र २०८१
  • 3.9K
    SHARES
  • शेयर बजार आज पनि घट्यो, १० अर्बको कारोबार
    images

    काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । हिजो ९० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।

    images

    आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर बने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १६ वटा कम्पनीका दुई करोड एक लाख कित्ता शेयर नौ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १६:४९:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology