मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार

सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार

नागरिक पाटी

२३, भाद्र २०८१
  • 2.8K
    SHARES
  • सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार

    काठमाडौं । सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ ।

    images

    आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

    आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता सेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १५:५६:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology