सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार

सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार

नागरिक पाटी

२३, भाद्र २०८१
  • 2.8K
    SHARES
  • सेयर बजार २५ अङ्कले घट्यो, १० अर्बको कारोबार
    images

    काठमाडौं । सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ ।

    images

    आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

    आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता सेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - १५:५६:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology