मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्सेमा ५५.८६ अंकको गिरावट

नेप्सेमा ५५.८६ अंकको गिरावट

नागरिक पाटी

२४, भाद्र २०८१
  • 2.9K
    SHARES
  • नेप्सेमा ५५.८६ अंकको गिरावट

    सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ५५।८६ अंकले घटेर दुई हजार ६ सय ४६ दशमलव ०३ विन्दुमा बन्द भएको हो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२ वटाको बढेको छ भने २२२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

    images

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य आज ८.९८ प्रतिशतले बढेर प्रतिकित्ता १५६५ रुपैयाँ पुगेको छ ।

    उन्नती सहकार्य लुघवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने घटेको छ । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले घटेको हो । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ५७ हजार बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - १७:१३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology