आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पेरिस पारालिम्पिक २०२४ की कास्य पदक विजेता पलेशा ६५ लाख सहित सम्मान

पेरिस पारालिम्पिक २०२४ की कास्य पदक विजेता पलेशा ६५ लाख सहित सम्मान

नागरिकपाटी डेक्स

२८, भाद्र २०८१
  • 2.6K
    SHARES
  • पेरिस पारालिम्पिक २०२४ की कास्य पदक विजेता पलेशा ६५ लाख सहित  सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारालिम्पिक २०२४ की कास्य पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।

    images

    मन्त्रिपरिषद्को गत भदौ २० गतेको निर्णय बमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । साथै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

    युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए ।
    उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरब गरेको बताए ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १४:५९:४५ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology