शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

नागरिक पाटी

३१, भाद्र २०८१
  • 2.4K
    SHARES
  • आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

    काठमाणडौ । आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

    images
    images

    गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका बस्तीमा विभिन्न कार्यक्रम हुँदैछन् ।

    बाँकेको नेपालगञ्जसहित देशका विभिन्न ठाउँ तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाउँदै छन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - ०६:२५:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology